PRABHU BANK

एनएमबि बैंक र आईएफसीबीच सहकार्य, नयाँ उद्यमीहरुलाई सक्षम बनाउने विश्वास

NMB Bank
  • बैंकिङ संसार
काठमाडौं । एनएमबि बैंकले विश्व बैंक समुहको सदस्य आइएफसीबाट तेस्रो आवधिक कर्जा २ करोड ५० लाख अमेरिकी डलरको कर्जा लगानी भित्राएको छ । एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल के।सी र इन्टरनेशनल फाइनान्स कर्पोरेशनको दक्षिण एशिया क्षेत्रिय निर्देशक हेक्टर गोमेज आङगबीच उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
यस कर्जाले हालको असहज परिवेशमा उत्पादन मुलक क्षेत्रमा कर्जा लगानी बढाउन मद्दत पुग्नेछ । एनएमबि बैंक चार वर्षको अवधिमा आइएफसीबाट लगातार तीन पटक कर्जा प्राप्त गर्ने नेपालको एकमात्र बैंक हो । यसरी विस्तार गरिएको क्रेडिट लाइनले कोभिड १९ को कारणले गर्दा साना तथा मझौला कर्जाको क्षेत्रमा भएको खाडललाई परिपुर्ति गर्न र उक्त क्षेत्रहरुमा नयाँ उद्यमीहरुलाई प्रोत्साहित गर्न सक्षम बनाउने विश्वास बैंकले लिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै