PRABHU BANK

आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाले वैशाख २६ मा किन बोलायो विशेष साधारण सभा ?

 aarambha microfinance
  • बैंकिङ संसार 
काठमाडौं – आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाले वैशाख २६ गते बिहीबार विशेष साधारण सभा डाकेको छ । विशेष साधारण सभा संस्थाको केन्द्रीय कार्यालय, बनेपा नगरपालिका वाड नं १० काभ्रेपलाञ्चोकमा दिउसो १ बजे बस्नेछ । विशेष साधारण सभाका लागि संस्थाले वैशाख १८ गते बुधबारदेखि बुक क्लोज गरेको छ । यसर्थ वैशाख १७ गते मंगलबारसम्म कायम रहेका सेयरधनीले मात्र विशेष साधारण सभामा भाग लिन पाउनेछ । 
यस्तै आवश्यकता अनुसार मर्ज तथा एक्विजिसनमा जानका लागि अनुमति लिन कम्पनीले विशेष साधारण सभा डाकेको हो । मर्ज तथा एक्विजिसन सम्बन्धी काम गर्नका लागि सम्पूर्ण अधिकार सञ्चालक समितिलाई प्रत्यायोजन गर्ने एजेन्डा राखिएको छ । 
सैद्धान्तिक लागि राष्ट्र बैंकमा निवेदन दिने, सम्पत्ति तथा दायित्वको मूल्याकंन गर्न परामर्शदाता छनोट एवं मूल्यांकनकर्ता, लेखापरीक्षकको नियुक्ति गर्ने र पारिश्रमिक तोक्ने लगायतका काम गर्ने सञ्चालक समितिलाई दिने एजेन्डा पनि छ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै