PRABHU BANK

भदौ महिनामा पनि ब्याजदर नबढाउने नेपाल बैंकर्स संघको निर्णय

Nepal bankers' Association
  • बैंकिङ संसार
काठमाडौं । नेपाल बैंकर्स संघको आज बसेको बैठकले भदौ महिनामा पनि ब्याजदर यथावत् राख्ने निर्णय गरेको छ । भदौमा पनि वाणिज्य बैंकहरुले निक्षेपको ब्याज नबढाउने भएको हो । फागुन महिनादेखि नै बैंकहरुले मुद्दती निक्षेपमा ११.०३% ब्याज दिँदै आएका छन् । बैंकर्स सँघले विगत ६ महिनादेखि ब्याजदर नबढाउने गरी सहमति गर्दै आएको छ।
यसैगरी बैंकहरुले ब्याजदर नबढाएपछि राष्ट्र बैंकले व्यम्तिगत मुद्दती निक्षेपको भन्दा संस्थागत मुद्दती निक्षेपको ब्याजदर भने २% कम हुनुपर्ने व्यवस्था गरेको छ। यसले गर्दा संस्थागत मुद्दती निक्षेपको ब्याजदर भने ९.०३% मा झर्ने भएको छ। यसले संस्थागत निक्षेपकर्तालाई भने निरुत्साहित पार्ने छ।
गत वर्ष बैंकहरुले निक्षेपको ब्याजदर बढाउँदा लागतमा वृद्धि भएको छ । जसकारण बैंकको आधार दर पनि बढेको छ। केहि बैंकको आधार दर १०% माथि पुगिसकेको छ। आधार दर बढ्दा कर्जाको ब्याजदर पनि बढ्दै गएको छ। अहिले कर्जाको ब्याजदर १५% भन्दा माथिसम्म पुगिसकेको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै