PRABHU BANK

महालक्ष्मी विकास बैंकको खुद नाफा ३८ करोड ७९ लाख ६ हजार रुपैयाँ, निक्षेप संकलन ३० अर्ब ४९ करोडमाथि…!

 mahalaxmi bikash bank
  • बैंकिङ संसार 
काठमाडौं – महालक्ष्मी विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा १५.१३% ले बढाएर ३८ करोड ७९ लाख ६ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्ष बैंकले ३३ करोड ६९ लाख २ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।
यस्तै खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमश ३९.४७% र १९०.४५% वृद्धि भएको छ। खुद ब्याज आम्दानी १ अर्ब २६ लाख ७३ हजार रुपैयाँ पुगेको छ भने ४९ करोड ६७ लाख १५ हजार पुगेको छ । गत वर्ष १७ करोड १० लाख १५ हजार सञ्चालन नाफा रहेको थियो । चैत मसान्त सम्म बैंकले  निक्षेपमा ३० अर्ब ४९ करोड ९ लाख ५४ हजार रुपैयाँ संकलन गरेर २६ अर्ब ३५ करोड ९५ लाख ३५ हजार रुपैयाँ कर्जा लगानी गरेको छ। 
२ अर्ब ८४ करोड ४५ लाख १ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १ अर्ब २८ करोड ६४ लाख ७० हजार रुपैयाँ । प्रतिसेयर आम्दानी १८ रुपैयाँ १८ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ २३ पैसा रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै