DISH HOME

एनएमबि बैंक लिमिटेडले ओम डेभलपमेन्ट बैंकलाई एक्वायर गर्ने, आजै सम्झौता

 nmb bank
  • बैंकिङ संसार 
काठमाडौं – एनएमबि बैंक लिमिटेडले ओम डेभलपमेन्ट बैंक लिमिटेडलाई एक्वायर गर्ने भएको छ । दुई बैंकबीच एक्विजिसन सम्बन्धी सम्झौतामा बिहीबार (आज) हस्ताक्षर हुने भएको छ । 
यसअघि प्राइम कमर्सियल बैंकसँग सम्झौता भाँडिएपछि ओम डेभलपमेन्ट बैंक एनएमबिमा विलय हुन लागेको हो ।उक्त सम्झौता भाँडिएसँगै नेपाल राष्ट्र बैंकले दुबै बैंकलाई तीन महिना भित्र अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर गर्न निर्देशन दिएको थियो । तेस्रो त्रैमाससम्म आइपुग्दा एनएमबिको चुक्ता पुँजी ९ अर्ब ६१ करोड ८१ लाख रुपैयाँ रहेको छ । 
राष्ट्रियस्तरको विकास बैंक ओम डेभलपमेन्टको २ अर्ब ५१ लाख ५२ लाख रुपैयाँ चुक्ता पुँजी रहेको छ । 

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै