prabhu

सिक्लेस हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन

Sikles Hydropower
  • बैंकिङ संसार
काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडको आइपीओ भर्ने भदौ ५ गते (आज) अन्तिम दिन रहेको छ । आइतबार (आज) कम्पनिको कार्यालय समयसम्म मात्र हाइड्रोपावरको आइपीओमा आवेदन दिन सकिने छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको हो ।
कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ६ लाख १२ हजार ७९३ कित्ता साधारण शेयर निष्काशन गरेको हो । सो आईपीओमा आयोजना प्रभावित क्षेत्र अर्थात् कास्की जिल्लाको प्रभावित क्षेत्र मादी गाउँपालिका वडा नं. १, २ र ३ का स्थानिय बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।
यस आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी प्लस आइएस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै