PRABHU BANK

उर्लाबारी र इनरुवामा गरिमा विकास बैंकको शाखा उद्घाटन, साथै एटीएम सेवा पनि पुग्यो !

garima bikash bank
  • बैंकिङ संसार 
काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले मोरङ जिल्लाको उर्लाबारी नगरपालिकामा उर्लावारी शाखा र सुनसरी जिल्लाको इनरुवा नपाको भगवतीपुर रोडमा शाखा कार्यालय तथा एटीएम सेवा शुभारम्भ गरेको छ ।
उक्त शाखा कार्यालयको उद्घाटन उर्लाबारी नगरपालिका प्रमुख खड्गवहादुर फागो र ईनरुवा नपा वडा नं.१ भगवतीमन्दिर रोड स्थित ईनरुवा शाखा कार्यालय तथा एटीएमको ईनरुवा नगरपालिका प्रमुख राजन मेहताबाट ताम्रपत्र अनावरण गरी दूई शाखा कार्यालयहरुको उद्घाटन भएको हो ।
कार्यक्रममा बोल्दै विकास बैंकका अध्यक्ष चन्द्रकान्त बरालले संस्था सक्षम र अब्बल बन्नको लागि उत्कृष्ट सेवा प्रवाह संगसंगै संस्थागत सुशासन समेत महत्वपूर्ण रहने हुंदा विकास बैंकले सेवाप्रवाह संगसंगै संस्थागत सुशासनमा समेत सदैव महत्व दिईरहेको बताए ।
त्यसैगरी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले विकास बैंकले ग्राहकहरुको चाहना र आवश्यकतामा भएको परिवर्तनसंगै आफ्नो सेवा, सुविधा र प्रविधिलाई समयानुसार परिमार्जन गर्दै उत्कृष्ट वित्तीय सेवा प्रवाहमा सदैव प्रतिबद्ध रहेको जानकारी दिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै