बाढीपिडितलाई छिमेक लघुवित्तको ४१ लाख ३९ हजार ७५२ रुपैयाँ सहयोग

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले बाढीपिडितलाई सहयोग गरेको छ। लघुवित्तले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि ४१ लाख ३९ हजार ७५२ रुपैयाँ सहयोग गरेको हो ।

लघुवित्तले सरकारको राहत तथा उद्धार अभियानमा सहयोग पुर्‍याउने उद्देश्यले संस्थाको तर्फबाट ३० लाख रुपैयाँ र कर्मचारीहरूबाट संकलित ११ लाख ३९ हजार ७५२ रुपैयाँ गरी कुल ४१ लाख ३९ हजार ७५२ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ ।

लघुवित्तले भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवनलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएकोप्रति गहिरो दु:ख व्यक्त गरेको छ । बाढी तथा प्राकृतिक विपत्तिमा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति लघुवित्तले समवेदना व्यक्त गरेको छ।

साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सम्पर्कविहीन तथा बेपत्ता व्यक्तिहरू सकुशल फेला परून् भन्ने कामना गरेको छ ।

विपद्को कठिन समयमा एकअर्कालाई साथ, सहयोग र सहकार्य गर्दै अघि बढ्न संस्थाले सबैमा आग्रह गरेको छ ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्