लक्ष्मी सनराइज बैंकले पनि गर्यो बाढी पिडितलाई ३ करोड बढी आर्थिक सहयोग

काठमाडौँ। लक्ष्मी सनराइज बैंकले पनि बाढी पिडितलाई सहयोग गरेको छ। बैंकले बाढी पिडितलाई ३.२४ करोड आर्थिक सहयोग गरेको हो।

भोटेकोशी र त्रिशूली नदीमा आएको हालैको बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत तथा पुन:स्थापना प्रयासमा सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ३.२४ करोड आर्थिक सहयोग गरेको छ।

सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध बैंकले कठिन परिस्थितिमा प्रभावित नागरिकहरूको पीडामा साथ दिने तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन योगदान पुर्‍याउने विश्वासका साथ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेको हो।

बैंकले बाढी तथा प्राकृतिक विपद्मा परी ज्यान गुमाउने सम्पूर्ण व्यक्तिप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्