काठमाडौँ। सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, पोखरा, कास्कीले बाढीपिडितलाई सहयोग गरेको छ। लघुवित्तले भोटेकोशी नदीमा आएको विनासकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत आसापासका जिल्लाहरूमा भएको मानवीय तथा भौतिक क्षतिप्रति परिवार गहिरो दु:ख व्यक्त गर्दै उक्त सहयोग गरेको हो।
यस विषम परिस्थितिमा विपद्बाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनस्र्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल सरकारबाट गरिएको राहत तथा पुन:स्थापनासम्बन्धी आह्वानलाई आत्मसात् गर्दै लघुवित्तको तर्फबाट ५,००,००० सहयोग गरेको छ।
साथै, संस्थामा कार्यरत कर्मचारीहरूको तर्फबाट ३,६१,६९४ गरी जम्मा रु.८,६१,६,९४ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग प्रदान गरेको छ । यो हर्नुहोस्:



