PRABHU BANK

गरिमा मालामाल मुद्धती योजना सार्वजनिक, ७३ महिना १० दिनमै निक्षेप दोब्बर

Garima Bikas Bank
  • बैंकिङ संसार
काठमाडौँ । गरिमा विकास बैंकले ७३ महिना १० दिनमै निक्षेप दोब्बर र १ सय १६ महिना ६ दिनमा निक्षेप तेब्बरहुने ‘गरिमा मालामाल मुद्धती योजना’ सार्वजनिक गरेको छ ।
महामारी पछिको बढ्दो मुद्रास्फीतिले आम नेपालीहरुको जीविका झनै खर्चिलो हुन पुगेको छ जस्ले गर्दा उनीहरु कम ब्याजदरमा बचत गर्न अरुची देखाईरहेको अवस्थामा यस विकास बैंकले छोटो समयमा नै निक्षेप दोब्बर र तेब्बर हुने प्रभावकारी एवं समयसापेक्ष बचत योजना सार्वजनिक गरेको हो । साथै, यस विकास बैंकको यो योजनाले भावी दिनमा आम नेपालीहरुको जिविका सहज गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्ने विश्वास राखेको छ ।
हाल, यस विकास बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सरल, सुलभ एवं गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ ।साथै, बैंकले चाडै नै क्रेडिट कार्ड पनि सार्वजनिक गर्ने तयारी गरिरहेको जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै