- बैंकिङ संसार
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले पदबाट राजीनामा दिएका छन् । शर्माले फागुन ३० देखि लागू हुने गरी राजीनामा दिएका हुन् । शर्माको राजीनामा बैंक सञ्चालक समितिले गत शुक्रबार नै स्वीकृत गरेको जनाएको छ । बैंकले कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सन्तोष कोइरालालाई दिएको छ।





