National

कामना सेवा विकास बैंकले दियो व्यवसायीहरुलाई विशेष छुट, हायर पर्चेज कर्जा लिने ग्राहकलाई राहत दिने उद्देश्य

 Kamana Sewa Bikas Bank
  • बैकिङ संसार
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले हायर पर्चेज कर्जा सुविधा लिई व्यवसाय गर्दै आएका ग्राहकहरुलाई ब्याजमा विशेष छुट दिने भएको छ । कोभिड–१९ को कारण विशेष गरी यातायात व्यवसाय क्षेत्रमा सबैभन्दा बढि प्रभावित भएको कारण बैंकले व्यवसायीहरुका लागि यस्तो योजना ल्याएको हो ।
उक्त योजना अन्तर्गत कर्जा लिएका ग्राहकले २०७७ साल असार मसान्तसम्मको बाँकी साँवा र ब्याज साउन २० गतेसम्म भुक्तान गर्नुपर्ने छ । सो समयमा भुक्तान गर्ने ग्राहकहरुलाई साउन महिनाको ब्याज रकममा ५० प्रतिशत छुट दिने बैंकले जनाएको छ ।
त्यस्तै, असार महिनासम्मको साँवा तथा ब्याज असारभित्रै भुक्तानी गरेका ऋणीहरुले समेत यो योजनाबाट फाइदा पाउने छन् । यो योजनाले यातायात व्यवसायीहरुलाई व्यवसाय सञ्चालनमा अधिकतम लाभ पुर्‍याईने बैंकको विश्वास रहेको छ ।
बैकले देशभरी फैलिएका आफ्ना १ सय २४ वटा शाखा कार्यलय र ६६ वटा एटिएम मार्फत आफ्ना ग्राहकहरुलाई आधुनिक सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै

Crime