PRABHU BANK

नेपाल एसबिआई बैंक र कम्फर्ट नेपाल ट्रेडर्सबीच सम्झौता, ग्राहकहरुलाई सामान खरिदमा छुट

 Nepal SBI Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल एसबिआई बैंक र कम्फर्ट नेपाल ट्रेडर्सबीच सम्झौता भएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई सुविधा दिने उद्देश्यले उक्त सम्झौता गरेको हो । बैंकका तर्फबाट प्रमुख व्यवसाय प्रवर्धन अधिकृत छविराज पन्त र कम्फर्ट नेपालका तर्फबाट निर्देशक कुनाल अग्रवालले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । नेपालमा जकी ब्राण्डको आधिकारिक बिक्रेता कम्फर्ट नेपाल रहेको छ । 
बैंकका भिसा डेबिट कार्डका प्रयोगकर्ताहरुले कम्फर्ट नेपाल ट्रेडर्समा सामान खरिद गर्दा १० प्रतिशत छुट पाउनेछन् । त्यस्तै,ग्राहकहरुको लागि अन्य विशेष छुटको व्यवस्था रहेको पनि बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै