National

मेगा बैंकले सेयरधनीहरुलाई भन्यो– ‘बोनस सेयरमा लाग्ने कर तिर्न आउनू’

 Mega Bank
  • बैंकिङ संसार
काठमाडौं । मेगा बैंकले आफ्ना सेयरधनीहरुलाई बोनस सेयरमा लाग्ने कर तिर्न आग्रह गरेको छ । बैंकले साविकको गण्डकी विकास बैंकका सेयरधनीलाई आर्थिक वर्ष २०७१/७२, २०७२/७३ र २०७३/७४ मा वितरण गरिएको बोनस सेयरमा लाग्ने कर तिर्न आग्रह गरेको हो ।
बैंकको शेयर रजिस्ट्रार मेगा क्यापिटल मार्केटको खाता नम्बर ००१००१०७१६३१८ मा उक्त कर जम्मा गर्न बैंकले आग्रह गरेको हो । रकम जम्मा गर्दा सेयरधनीको नाम, थर, हितग्राही खाता नम्बर, शेयरधनी खाता नम्बर, तथा कुन आर्थिक वर्षको कर विवरण बुझाएको हो स्पष्ट रुपमा खुलाउन समेत बैंकले आग्रह गरेको छ । साथै, सेयर डिम्याट नगराएका सेयरधनीहरुलाई सेयर डिम्याट गराउन समेत आग्रह गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै