prabhu

सनराइज बैंक लिमिटेडद्धारा नेपाल बाल संगठनलाई आर्थिक सहयोग

Sunrise Bank
  • बैंकिङ संसार
काठमाडौं । सनराइज बैंक लिमिटेडले नेपाल बाल संगठन(बाल मन्दिर)लाई आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो १३औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बाल मन्दिरलाई १ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो । 
शुक्रबार बैंकको प्रमुख कार्यालय गैरीधारामा भएको एक कार्यक्रमका बिच बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले नेपाल बाल संगठन, बाल मन्दिरका अध्यक्ष विद्या उपाध्याय न्यौपानेलाई उक्त रमक बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
बैंकले सधै झै आफ्नो वार्षिकोत्सवमा नेपाल बाल संगठनलाई आवश्यक खाद्यसामाग्री, लत्ताकपडा आदि वितरण गर्दै आएकोमा यस वर्ष कोभिड-१९ को कठिन समयलाई मध्यनजर गर्दै उक्त सामाग्रीहरु किन्नको लागि आर्थिक सहयोग गरेको हो ।
सो कार्यक्रममा बैंकका सिइओ पौड्यालले बाल हेरचाह, अनाथ, पिछडिएको, द्वन्द्व प्रभावित आदि बच्चाहरूको लागि शिक्षामा केन्द्रित सो संस्थालाई आउँदा वर्षमा पनि सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रमुख कार्यकारी अधिकृत पौड्यालले बैंकको १३औं वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा सहयोग कार्य निरन्तर गरिरहने पनि जनाएका छन् ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै