PRABHU BANK

महालक्ष्मी विकास बैंकले ल्यायो नयाँ सुविधा, ऋणीले व्याजमा १० प्रतिशत छुट पाउने

Mahalaxmi Bikas Bank
  • बैंकिङ संसार
काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकहरुको लागि नयाँ सुविधा ल्याएको छ । बैंकले कोरोना भाइरसका कारणले उत्पन्न असहज परिस्थितिमा बैंकबाट कर्जा सुविधा लिएका ग्राहकहरुलाई व्याज रकममा छुट दिने नयाँ सुविधा ल्याएको हो ।
बैंकले असोज मसान्तभित्र तिनुपर्ने व्याज भुक्तानी गरेमा भुक्तानी भएको व्याज रकममा १० प्रतिशत छुट प्रदान गर्ने निर्णय गरेको हो । बैंकले व्याज रकममा १० प्रतिशत छुट असोज मसान्तभित्र मात्र प्रदान गर्ने जनाएको छ ।
यस परिस्थितिमा पनि कर्जाको किस्ता/व्याज भुक्तानी गरेर देखाएको इमान्दारीताको कदर गर्दै बैंकले केही कर्जाहरुमा व्याजदरसमेत घटाएको जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै