PRABHU BANK

गरिमा विकास बैंकको १६औं साधारणसभा सम्पन्न, १४.५० प्रतिशत लाभांश पारित

garima bikas bank
  • बैंकिङ संसार
काठमाडौं । गरिमा विकास बैंकको १६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभामा बैंकका अध्यक्ष श्याम प्रसाद बस्यालले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ ।
सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजी ४ अर्ब ५९ करोड ८ लाख ७३ हजार ५ सय १ रुपैयाँ ५९ पैसाको १३ प्रतिशत बोनस सेयर र १.५० प्रतिशत नगद लाभांश गरी कुल १४.५० लाभांश प्रस्ताव पारित भएको छ ।
त्यस्तै, गत आर्थिक बर्षमा उत्कृष्ठ कार्यसम्पादन गर्ने शाखाहरुलाई सम्मान गरिएको बैंकले जनाएको छ । बैंकको आन्तरिक मुल्यांकन अनुसार प्रथम पूतलीबजार शाखा, दोस्रो ईमाडोल शाखा, तेस्रो बयरघारी शाखा र चौंथोमा हेम्जा शाखा भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै