PRABHU BANK

नेपाल राष्ट्र बैंकले १७ अर्व १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्रि गर्ने

Nepal Rastra Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल बिक्रि गर्ने भएको छ । बैंकले १७ अर्व १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्रि गर्ने भएको हो । राष्ट्र बैंकको अनुसार उक्त परिमाणको ट्रेजरी बिल बोलकबोल प्रक्रियाका माध्यमबाट कार्तिक २४ सोमबारदेखि विक्री गर्न लागेको जनाएको छ ।
सबै परिमाणको ट्रेजरी बिल नवीकरण गर्न लागेको बैंक जनााएको छ । जसमध्ये ५ अर्व रुपैयाँ बराबरको ट्रेजरी बिल भने २८ दिनका लागि विक्री गरिने भएको छ । उक्त ट्रेजरी बिल भने आगामी मंसिर २३ गते परिपक्व हुनेछ । त्यस्तै १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल ९१ दिनका लागि विक्री गरिने भएको छ । उक्त बिल आगामी माघ २७ गते परिपक्व हुनेछ ।
। त्यस्तै १२ अर्व रुपैयाँ बराबरको ट्रेजरी बिल भने १ सय ८२ दिनका लागि विक्री गर्न लागिएको हो । उक्त ट्रेजरी बिल २०७८ साल वैशाख २८ गते परिपक्व हुनेछ । बैंकले यही कात्तिक १७ गते १ अर्व ६६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल विक्री गरेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै