PRABHU BANK

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ११ लाख कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत

Shine Resunga Development Bank
  • बैंकिङ संसार
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको संस्थापक सेयर परिणत भएको छ । बैंकको ११ लाख १९ हजार ५ सय ९६ कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत भएको हो ।
बैंकको उक्त संस्थापक सेयर मंसिर ५ शुक्रबारदेखि साधारण सेयरमा परिणत भएको हो । उक्त सेयर संरचना परिवर्तन भएसँगै बैंकमा संस्थापकको ५४.८५ प्रतिशत र सर्वसाधारणको ४५.१५ प्रतिशत स्वामित्व हुने भएको छ ।
बैंकको केन्द्रीय कार्यालय भने तामघासमा रहेको छ । यस कम्पनीको हाल चुक्ता पुँजी ३ अर्व रुपैयाँ रहेको छ भने बजार पुँजीकरण ७ अर्व ८१ करोड २३ लाख रुपैयाँ रहेको छ । कम्पनीको बिहीबार मंसिर ४ गते सेयर मूल्य प्रतिकित्ता २५९ रुपैयाँमा किनबेच भएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै