PRABHU BANK

माछापुच्छ्रे बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच सम्झौता, मोबाइलबाटै व्यवसायिक भुक्तानी गर्न सकिने

Machhapuchchhre Bank
  • बैंकिङ संसार
काठमाडौं । माछापुच्छ्रे बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच सम्झौता भएको छ । ग्राहकहरुका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी कर्पोरेट-पे प्रणालीको सुरुवात गर्न बैंक र क्लियरिङ्ग हाउसबीच सम्झौता भएको हो । माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र नेपाल क्लियरिङ हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
अब माछापुच्छ्रे बैंकका व्यावसायिक ग्राहकहरुले बैंकको मोबाइल बैंकिङ एप तथा इन्टरनेट बैंकिंङ एपमार्फत बैंकमा नगई जहाँकहिँबाट आफैले फण्ड ट्रान्सफर, तलब भुक्तानी, विभिन्न सेवाहरुको भुक्तानी, सरकारी राजस्व भुक्तानी लगायतका अन्य विभिन्न व्यावसायिक भुक्तानीहरु खाताबाटै सजिलै गर्न सक्ने भएका छन् ।
उक्त प्रणालीमार्फत कनेक्ट आइपिएस अथवा एसिएचएल-आइपिएसमा रियल-टाइम वा नन-रियलटाइममा भुक्तानी कारोबारहरु पनि गर्न सकिने भएका छन् । साथै यस प्रणालीबाट कारोबार गर्दा बैंक तथा कर्पोरेट पे दुबै तर्फबाट सुरक्षाका अधिकतम उपायहरु अपनाईएको हुदाँ माछापुच्छ्रे बैंकको डिजिटल माध्यम मार्फत हुने कारोबार सुरक्षित र भरपर्दो रहने बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै