PRABHU BANK

साना किसान विकास लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरुलाई २६ प्रतिशत लाभांश वितरण गर्ने

Sana Kisan Bikas Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षको लाभांश आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने भएको हो । 
कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीहरुलाई २६.३१५७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । मंसिर २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । बैठकले सेयरधनीलाई २५ प्रतिशत बोनस र १.३१५७ नगद(कर प्रयोजनको लागि) गरी २६.३१५७ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
हाल कम्पनीको चुक्ता पुँजी १ अर्व रुपैयाँ रहेको छ भने उक्त बोनस पछि कम्पनीको चुक्ता पुँजी १ अर्व २५ करोड रुपैयाँ नाघ्ने छ । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीहरुले पाउनेछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै