prabhu

एनआईसी एशिया बैंकबाटै कर्मचारी सञ्चय कोषको कर्जा तिर्न सकिने

Nic Asia Bank
  • बैंकिङ संसार
काठमाडौं । एनआईसी एशिया बैंकबाटै कर्मचारी सञ्चय कोषको कर्जा तिर्न सकिने भएको छ । कर्मचारी सञ्चय कोषबाट लिइएको ऋणको सावा तथा व्याज बैंकको जुनसुकै शाखाबाट पनि सजिलैसँग भुक्तानी गर्न सकिने भएको हो । 
बैंकले नेपाल क्लियरिङ्ग हाउस लि(एनसीएचएल) सँग सहकार्य गरेसँगै कर्मचारी सञ्चय कोषका ऋणीले साँवा ब्याजसहितको किस्ता रकम भुक्तानी गर्न सक्ने भएका हुन् । यस सुविधामार्फत कोषबाट लिइएका विशेष सापटी, घर सापटी, शैक्षिक सापटी, सरलचक्र र घरमर्मत सापटी कर्जाहरूको भुक्तानी यस बैंकका शाखाबाट सहज रुपमा गर्न सकिने भएको छ ।
कोषका ऋणीहरूले आफुलाई पाएक पर्ने यस बैंकको शाखा पुगी ‘कर्मचारी सञ्चय कोष कर्जा चुक्ता भौचर’ मा आफुले भुक्तानी गर्न लागेको कर्जाको प्रकारमा चिन्ह लगाई यस बैंकमा रहेको खातामार्फत ऋण भुक्तानी गर्न आवेदन दिए अनुसार बैंकका कर्मचारीले कर्मचारी सञ्चय कोषलाई भुक्तानी गर्ने व्यवस्था रहेको छ ।
बैंकले हाल ३ सय ३३ शाखा कार्यालयहरू, ४ सय ७० एटिएम, ९६ वटा एक्स्टेन्सन काउण्टर एवं ७४ वटा शाखारहित बैंकिङ सेवामार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै