PRABHU BANK

बैंक अफ काठमाण्डूले पठायो आफ्ना सेयरधनीको हितग्राही खातामा नगद लाभांश

Bank Of Kathmandu
  • बैंकिङ संसार
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना सेयरधनीहरूको हितग्राही खातामा नगद लाभांश पठाएको छ । बैंकको मंसिर १५ गते सोमबार सम्पन्न भएको २६औं वार्षिक साधारणसभाले पारित गरेको २.९९९९ प्रतिशत नगद लाभांश आफ्ना सेयरधनीहरूको हितग्राही खातामा पठाएको हो ।
कात्तिक २७ गतेसम्म सेयर अभौतिकिकरण गराएका सेयरधनीहरुको सम्बन्धित हितग्राही खातामा उक्त नगद लाभांश जम्मा गरिएको बैंकले जनाएको छ ।बैंकले हालसम्म आफ्नो सेयर अभौतिकिकरण नगरेका सेयरधनीहरुलाई छिटो भन्दा छिटो सेयर अभौतिकिकरण गरी आफ्नो लाभांश प्राप्त गर्नका लागि आग्रहसमेत गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै