National

सानिमा बैंक लिमिटेडको ४ अर्व रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुल्ला

Sanima Bank
  • बैंकिङ संसार
काठमाडौं । सानिमा बैंक लिमिटेडको ऋणपत्र बिक्री खुल्ला भएको छ । बैंकले पुस १ गते बुधबारदेखि ४ अर्व रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुल्ला गरेको हो । बैंकले १० वर्षे अवधिको ८ दशमलव ५० प्रतिशत ब्याज प्रदान हुने गरी ऋणपत्र बिक्री खुल्ला गरेको हो । यस्तै बैंकले प्रति ऋणपत्र १ हजार भुक्तानी गर्नु पर्ने गरि ४० लाख कित्ता ऋणपत्र बिक्री खुल्ला गरेको हो ।
जस मध्ये १ अर्व ६० करोड रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणको लागि र २ अर्व ४० करोड बराबरको ऋणपत्र निजि तबरबाट बिक्रि हुने भएको छ । सर्वसाधारणलाई छुट्याईएको ऋणपत्र मध्येबाट ८० हजार कित्ता सामुहिक लगानी कोषलाई छुट्याईएको छ ।
ऋणपत्रमा छिटोमा मङ्सिर ५ गतेसम्म र सो अवधिसम्म पुरै ऋणपत्रको लागि आवेदन नपरेमा ढिलोमा पुस १५ गतेसम्म आवेदन दिन सकिने भएको छ । आवेदन दिँदा न्युनतम २५ कित्ता र अधिकतम १६ लाख कित्ताको लागि दिन सकिने भएको छ । उक्त ऋणपत्रको निष्कासन तथा विक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल लिमिटेड रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै