PRABHU BANK

बैंक अफ काठमाण्डू र तिनाउ इन्टरनेशनल हस्पिटल प्रा.लिबीच सम्झौता, २० प्रतिशत छुट पाउने

Bank Of Kathmandu
  • बैंकिङ संसार
काठमाडौं । बैंक अफ काठमाण्डू र तिनाउ इन्टरनेशनल हस्पिटल प्रा.लिबीच सम्झौता भएको छ । बैंकले ग्राहकहरुलाई बुटवलको तिनाउ इन्टरनेशनल हस्पिटल प्रा लिमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको हो । 
बैंकका ग्राहकहरुले हस्पिटलको सेवामा २० प्रतिशत छुट पाउने भएका छन् । बैंक अफ काठमाण्डूका तर्फबाट बैंकका बुटवल शाखा कार्यालयका शाखा प्रबन्धक सरिता श्रेष्ठ र तिनाउ इन्टरनेशनल हस्पिटलका तर्फबाट अध्यक्ष चिरञ्जिवी श्रेष्ठ जोशीले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । 
यससँगै ग्राहकले बैंकको डेबिट तथा क्रेडिट कार्डको माद्यमबाट भुक्तानी गर्दा अधिकतम प्रतिशतसम्मको छुट पाउने भएका छन् । बैंकले हालसम्म ९१ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै