PRABHU BANK

मुक्तिनाथ विकास बैंक र मेडिप्लस हस्पिटल तथा ट्रमा सेन्टरबीच सम्झौता, हस्पिटलको सेवामा १० प्रतिशत छुट पाइने

Muktinath Bikas Bank
  • बैंकिङ संसार
काठमाडौं । मुक्तिनाथ विकास बैंक र मेडिप्लस हस्पिटल तथा ट्रमा सेन्टरबीच सम्झौता भएको छ । बैंक र हस्पिटल तथा ट्रमा सेन्टरबीच छुट दिने सम्बन्धी सझौता भएको हो । मुक्तिनाथ विकास बैंकको तर्फबाट गण्डकी प्रदेश प्रमुख बाबुराम ढकाल र मेडिप्लस हस्पिटल तथा ट्रमा सेन्टर तर्फबाट अध्यक्ष रमेश कुमार थापाले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
यस सम्झौता अनुसार बैंकका ग्राहकहरुले मेडिप्लस हस्पिटल तथा ट्रमा सेन्टरको विभिन्न सेवाहरुमा १० प्रतिशतसम्म छुट पाउने भएका छन् । बैंकको ग्राहकले भिसा नेटवर्क अन्तर्गत जुन सुकै बैंकको एटिएमबाट बिना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको समेत बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै