PRABHU BANK

माछापुच्छ्रे बैंकले गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा आवद्ध कर्मचारीहरुहरुलाई विशेष बैंकिङ सेवा प्रदान गर्ने

Machhapuchchhre Bank
  • बैंकिङ संसार
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा आवद्ध रहेका कर्मचारीहरुहरुलाई विशेष बैंकिङ सेवा प्रदान गर्ने भएको छ । यस सम्बन्धी बैंक हृदयरोग केन्द्रबीच व्यवसायिक सम्झौता भएको हो । 
माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको तर्फबाट कार्यकारी निर्देशक चन्द्रमणी अधिकारीले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता पश्चात शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा आवद्ध कर्मचारीहरुलाई बैंकले सरल र सहज बैंकिङ सेवा प्रदान गर्ने भएको छ । साथै बैंकले आफ्ना सम्पूर्ण शाखा सञ्जालबाट शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा कार्यरत कर्मचारीहरुलाई निक्षेप खाता, कर्जा तथा अन्य बैंकिङ सुविधाहरुमा विशेष सहुलियत प्रदान गर्ने भएको छ ।
बैंकले हालसम्म १ सय ६० वटा शाखाहरु, १ सय ४३ वटा शाखारहित बैकिङ सेवा, २ सय वटा एटीएम र ५ एक्सटेन्स काउण्टरमार्फत आफ्ना सेवाग्राहीहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ । साथै १ हजार भन्दा बढि पिओएसमार्फत बाट पनि ग्राहकहरुलाई अत्याधुनिक प्रविधिसहित सम्पुर्ण बैंकिङ सुविधा प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै