PRABHU BANK

नबिल बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने

Nabil Bank
  • बैंकिङ संसार
काठमाडौं । नबिल बैंकले गत आर्थिक वर्षको लाभांश आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने भएको छ । बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ३५.२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
बैंकको पुस ६ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ३३.५ प्रतिशत बोनस र कर प्रयोजनको लागि १.७३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि र बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले उक्त लाभांश पाउने भएका छन् । उक्त प्रस्तावित लाभांश गत दुई वर्ष यताकै उच्च हो भने बोनसदर हालसम्मकै उच्च हो । 
बैंकले आर्थिक वर्ष २०७५/७६ र आर्थिक वर्ष २०७४/७५ को नाफाबाट सेयरधनीलाई बराबर ३४ प्रतिशत लाभांश वितरण गरेको थियो । हाल बैंकको चुक्ता पुँजी १० अर्व ८ करोड रुपैयाँ रहेको छ भने प्रस्तावित ३३.५ प्रतिशत बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी १३ अर्व ४५ करोड रुपैयाँ नाघ्ने छ । दोश्रो बजारमा बैंकको सेयर मूल्य प्रतिकित्ता १२३१ रुपैयाँ रहेको छ भने बजार पुँजीकरण १ खर्व २४ अर्व रुपैयाँ रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै