PRABHU BANK

एनएमबी बैंक र नेपाल क्लियरीङ्ग हाउसबीच सम्झौता, कर्पोरेट पे प्रणाली ल्याउने

NMB Bank
  • बैंकिङ संसार
काठमाडौं । एनएमबी बैंक र नेपाल क्लियरीङ्ग हाउसबीच सम्झौता भएको छ । बैंकले कर्पोरेट हाउसहरुको भुक्तानी प्रणाली सहजताको लागी कर्पोरेट पे ल्याउन नेपाल क्लियरीङ्ग हाउस (एनसीएचएल)सँग सम्झौता गरेको हो । 
एनएमबि बैंकका तर्फबाट प्रमुख व्यापार तथा रणनीति अधिकृत सुदेश उपाध्याय र नेपाल क्लियरीङ्ग हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । कर्पोरेट पेको प्रयोगले फण्ड ट्रान्सफर, बल्क पेमेन्ट, व्याच पोष्टिङ्ग, तलव भुक्तानी, सरकारी कर भुक्तानीमा सहजता प्रदान गर्ने भएको छ । एनएमबि बैंकले नेपालमा डिजिटल बैंकिङको परिदृष्य बदल्दै डिजिटल प्ल्याटर्फमहरुबाट ग्राहक अनुभव अभिवृद्धि गर्ने सेवाहरुमा द्रुत गतिमा प्रगति हासिल गरिरहेको छ ।
हालको प्रतिकुल परिस्थिति र अपनाउनु पर्ने सुरक्षा उपायहरूको माझमा गरिएको यो सम्झौता भौतिक दूरी कायम गर्न मद्दत पुर्याउन एनएमबि बैंकले लागु गरिरहेको धेरै परियोजनाहरु मध्ये एक हो । यो परियोजना नेपाल राष्ट्र बैंकको निर्देशन अनुरूप डिजिटलाइसनको तर्फ केन्द्रित रही नगद सहितबाट नगद रहित समाज रूपान्तरणको दिशामा उन्मुख रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै