PRABHU BANK

प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको साधारण सेयर नेपाल स्टक एक्स्चेन्जमा सूचीकृत

Prabhu Life Insurance
  • बैंकिङ संसार
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको साधारण सेयर नेपाल स्टक एक्स्चेन्जमा सूचीकृत भएको छ । कम्पनीको हालै सर्वसाधारणमा निष्कासन गरी बाँडफाँड पश्चात कम्पनीको सेयर पुस १६ गते बिहीबार नेप्सेमा सूचीकृत भएको हो ।
यससँगै कम्पनीको उक्त सेयर आइतबार पुस १९ गतेदेखि दोश्रो बजारमा किनबेच हुने भएको छ । जसको लागि कम्पनीको सिम्बोल पीएलआई दिइएको छ । यससँगै पहिलो कारोबारको लागि नेप्सेले प्रतिकित्ता न्युनतम १०९.५६ रुपैयाँ र अधिकतम ३२८.६८ रुपैयाँ तोकेको छ ।
साथै कम्पनीले सेयर सम्बन्धी कारोबारको अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायत सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्यको लागि कमलादीको प्रभु क्यापिटललाई सेयर रजिष्ट्रार नियुक्त गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै