PRABHU BANK

नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडद्धारा गत आर्थिक वर्षको लाभांश घोषणा

Nerude Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ८.४२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
कम्पनीको पुस २४ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई ८ प्रतिशत बोनस र ०.४२ प्रतिशत नगद (करसहित) गरी ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले उक्त लाभांश पाउने भएका छन् ।
प्रस्तावित लाभांश अघिल्लो आर्थिक वर्षको तुलनामा कम हो । कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७५/७६ को नाफाबाट चुक्ता पुँजीको १५ प्रतिशत बोनस र ५.७९ प्रतिशत नगद गरी २०.७९ प्रतिशत लाभांश वितरण गरेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै