![# Bank Of Kathmandu](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjv4ZNixrrq0rP4HD7wFJjJIbiv2Mxim7xvq-tyu8bYxYXhSyrpExWehiLjTx6227oZZDeQi93075eZhW3u_w7FIpA_9J7n_2qDv_1cyonqoZqmIKerACGKXz-xLtH8V-Bf-psTrZHIa-37/s16000/5.jpg)
- बैंकिङ संसार
काठमाडौं । बैंक अफ काठमाण्डू र लेभी रेष्टुरेन्टबीच सम्झौता भएको छ । बैंक र रेष्टुरेन्टबीच छुट सम्बन्धी सम्झौता भएको हो । उक्त सम्झौता भएसँगै बैंकका ग्राहकहरुले लेभी रेष्टुरेन्टमा १० प्रतिशत छुट पाउने भएका छन् । सम्झौता अनुसार ग्राहकले बैंकको डेबिट कार्ड तथा क्रेडिट कार्डको माद्यमबाट भुक्तानी गर्दा छुट पाउने भएका हुन् ।
बैंक अफ काठमाण्डूका तर्फबाट बैंकका कार्ड विभाग प्रमुख अमर राजभण्डारी र लेभी रेष्टुरेन्टका तर्फबाट प्रमुख सुदर्शन पौडेलले हस्ताक्षर गरेका हुन् । बैंक अफ काठमाण्डूले ८९ वटा शाखा कार्यालयहरु, ७८ वटा एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आईरहेको छ ।