PRABHU BANK

सिटिजन्स बैंकद्धारा भिसा कन्टयाक्टलेस कार्डको सुरुवात, पिओएएस मेसिनमा ट्याप गरि भुक्तानी गर्न सकिने

Citizens Bank
  • बैंकिङ संसार
काठमाडौं । सिटिजन्स बैंक लिमिटेडले भिसा कन्टयाक्टलेस कार्डको सुरुवात गरेको छ । बैंकले आफ्ना ग्राहकहरुको लागि भिसा कन्टयाक्टलेस कार्डको सुरुवात गरेको हो । एनएफसीमा आधारित उक्त कार्ड एनएफसी ट्याप सुविधा भएको पिओएएस मेसिनहरुमा प्रयोग गर्न सकिने भएको छ । यस प्रविधीमा मेसिन भित्र कार्ड नछिराई एउटा सिमित दुरीबाट पिओएएस मेसिनमा ट्याप मात्र गरि भुक्तानी गर्न सकिने भएको छ ।
यो प्रविधी सरल एवम सहज हुनुका साथै अहिलेको कोभिडको जोखिममा कसैसँग नछोइकन कारोबार गर्न सकिने भएको छ । राष्ट्र बैकको नियमानुसार हाललाई यस प्रविधीबाट प्रति कारोबार २ हजार रुपैयाँसम्म बिना पिन कारोबार गर्न सकिने व्यवस्था मिलाइएको छ । सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना १ सय ९ वटा शाखा, ९८ वटा एटिएम र १ सय ७ वटा शाखा रहित बैंकिङ सेवामार्फत करिव ७ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै