PRABHU BANK

सिटिजन्स बैंकद्धारा दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक, खुद नाफा २७ प्रतिशतले बढ्यो

Citizens Bank
  • बैंकिङ संसार
काठमाडौं । सिटिजन्स बैंक लिमिटेडले वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको हो । यस अवधिसम्म बैंकले ८७ करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत वर्षको सोही अवधिको तुलनामा बैंकको यस वर्षको खुुद नाफा २७.२६ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ६८ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
९ अर्व ८१ करोड रुपैयाँ बैंकको चुक्ता पूँजी भएको बैंकको जगेडा कोषमा ३ अर्व ४३ करोड ८० लाख रुपैयाँ संचिती रहेको छ । यस अवधिसम्ममा बैंकले १ अर्व ६१ करोड ६१ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षको यसै अवधिको तुलनामा १२.३९ प्रतिशतले धेरै हो । दोस्रो त्रैमासमा बैंकले १ अर्व १६ करोड २० लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ । उक्त नाफा रकम गत वर्षको यसै अवधिको तुलनामा २१.५६ प्रतिशतले धेरै हो । यस अवधिसम्ममा प्रतिशेयर आम्दानी १७ रुपैयाँ ८३ पैसा र प्रतिशेयर नेटवर्थ १४३ रुपैयाँ ९५ पैसा रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै