PRABHU BANK

महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले बोलायो वार्षिक साधारणसभा, यस्ता छन् पारित हुने विषयहरु

Mahalaxmi Life Insurance
  • बैंकिङ संसार
काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले फागुन ३ गते होटल र्याडिसन लाजिम्पाटमा बिहान ११ बजे तेस्रो वार्षिक साधारणसभा बोलाएको हो । कम्पनीको माघ ७ गते बसेको सञ्चालक समितिको ४३औं बैठकले साधारणसभाको मिति तोकेको हो । उक्त सभाले ६० करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्ने भएको छ । 
कम्पनीले यसअघि पहिलो वार्षिक साधारणसभाबाट नै आईपीओ जारी गर्ने प्रस्ताव पारित गरेपनि २ वर्षसम्म सेयर जारी गर्न नसकेपछि पुनः साधारणसभाबाट अनुमति लिन लागेको हो । हाल संस्थाको चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको छ । आईपीओपश्चात कम्पनीको चुक्ता पूँजी २ अर्व रुपैयाँ पुग्नेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै