PRABHU BANK

सिभिल लघुवित्तको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक

  • बैंकिङ संसार
काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाले वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको हो । कम्पनीले दोस्रो त्रैमाससम्म आईपुग्दा २ करोड ७४ लाख २२ हजार रुपैयाँ नाफा कमाएको छ । जुन नाफा गत वर्षको भन्दा १७२.४२ प्रतिशत बढी हो । गत वर्ष कम्पनीले १ करोड ६६ हजार रुपैयाँ मात्र नाफा कमाएको थियो ।
कम्पनीको खुद व्याज आम्दानी ५४.६८ प्रतिशत र सञ्चालन नाफा ३६०.७१ प्रतिशतले बढेको छ । गत वर्ष ४ करोड ५६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको कम्पनीले यो त्रैमाससम्म बढाएर ७ करोड ६ लाख ७४ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । यस्तै सञ्चालन नाफा ८८ लाख २१ हजार रुपैयाँबाट बढेर ४ करोड ६ लाख ४० हजार रुपैयाँ पुगेको छ । पुस मसान्तसम आइपुग्दा कम्पनीले ४९ करोड ७६ लाख रुपैयाँ निक्षेप संकलन गर्दा १ अर्व ८३ करोड २० लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।
हाल यसको चुक्ता पुँजी २३ करोड ३९ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १० करोड ५९ लाख रुपैयाँ रहेको छ । कम्पनीले खराब कर्जा पनि ३ प्रतिशत बाट घटेर २.४१ प्रतिशतमा झरेको छ । प्रति सेयर आम्दानी २३ रुपैयाँ ३४ पैसा रहेको बैंकको प्रति सेयर नेटवर्थ १४४ रुपैयाँ ४१ पैसा रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै