PRABHU BANK

सिटिजन्स बैंकका ग्राहकहरुलाई होटेल मेरिडियनमा विशेष छुट

Citizens Bank
  • बैंकिङ संसार 
काठमाडौं । सिटिजन्स बैंक लिमिटेड र होटल मेरिडियन सुनधाराबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । यस सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट क्रेडिट र प्रिभिलेज कार्डवाहक ग्राहकहरुले होटल मेरिडियनमा सेवा लिंदा विशेष छुट पाउने भएका छन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
सिटिजन्स बैंक लिमिटेडले देशैभरी फैलिएका आफ्ना १०९ वटा शाखा, ९८ वटा एटिएम र १०७ वटा शाखारहित बैंकिङ ईकाईहरुबाट करिव सात लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ । बैंकले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै आफ्ना ग्राहकहरुको वित्तीय आवश्यकताहरु डिजिटली च्यानलको माध्यमबाट प्रदान गरिरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै