PRABHU BANK

राष्ट्रिय बीमा संस्थानको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक, २४.१९ प्रतिशतले घट्यो खुद नाफा

Rastriya Beema Sansthan
  • बैंकिङ संसार
काठमाडौं । राष्ट्रिय बीमा संस्थान कम्पनीले वित्तीय अवस्था विवरण सार्वजनिक गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिको वित्तीय विवरण सार्वजनिक गरेको हो । कम्पनीले यस त्रैमाससम्म आईपग्दा २ करोड ६७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
कम्पनीको नाफा गत वर्षको साही अवधिको तुलनामा २४.१९ प्रतिशतले घटी हो । गत वर्षको यस अवधिका कम्पनीको नाफा ३ करोड ५३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । पुस मसान्तसम्म संस्थानको खुद बिमा शुल्क आम्दानीमा पनि ०.१८ प्रतिशतको गिरावट आएको छ । कम्पनीले गत वर्षको यसै अवधिमा ५ अर्ब ६९ करोड ३१ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो भने यस वर्ष ५ करोड ६८ करोड रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ ।
संस्थानले यो त्रैमाससम्म १ अर्ब ४४ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ भने जीवन बिमा कोष २५ अर्ब ९६ करोड रुपैयाँबाट बढोत्तरी गरेर ३१ अर्ब ७२ करोड पुर्याएको छ । हाल राष्ट्रिय बिमा संस्थानको चुक्ता पुँजी १८ करोड १० लाख रुपैयाँ छ । यस्तै रिजर्भ कोषमा ३१ करोड २६ लाख रुपैयाँ छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै