PRABHU BANK

नेपाल बङ्गलादेश बैंकको चाबहिलको चन्द्रविनायक तरकारी बजारमा क्युआर कोडको सुरुवात

Nepal Bangladesh Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडले चाबहिलको चन्द्रविनायक तरकारी बजारमा क्युआर रकोड भुक्तानी सेवा सुरु गरेको छ । बैंकले शुक्रबार एक कार्यक्रमको आयोजना गरेर चाबहिलको चन्द्रविनायक तरकारी बजारमा क्युआर कोड शुभारम्भ गरेको हो । उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यवहाक सिइओ चिन्तामणि शिवाकोटीको प्रमुख आतिथ्यमा बैंकले ‘किन लिने नगदको लोड स्क्यान गरौं क्युआर कोड’ भन्ने नाराका साथ क्युआर कोडको सुरुवात भएको छ ।
कार्यक्रमा शिवाकोटीले क्युआर कोड निक्कै फलदायी विधुतीय प्रणाली रहेको बताए । पैसा बोकेर कारोबार गर्ने समय गएको बताउँदै क्युआर कोडमार्फत नगदरहित कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यले यसको सुचारु भएको बताए । एक दिनमा १ लाख सम्मको कारोबार हुने र यसको फाइदा भनेको समयको बचत हुने उनले बताए । यस्तै बैंकका सिइओ ज्ञानेन्द्र प्रसाद ढुंगानाले कोरोनाको समय अन्य नभएकोले पैसा हातको प्रयोग नहुने र क्युआर कोडमार्फत छिटो छरितो तरिकाले प्रयोग गर्ने सकिने भएकोले तरकारी बजारमा पनि सुरु गरेको बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै