PRABHU BANK

मुक्तिनाथ विकास बैंकको ‘आस्क मुक्ति भाइ’ भर्चुअल सहयाता सुरु

Muktinath Bikas Bank
  • बैंकिङ संसार
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले ‘आस्क मुक्ति भाइ’ नामक भर्चुअल सहयाता सेवा आफ्नो वेबसाइटमार्फत सञ्चालनमा ल्याएको छ । बैंकले डिजिटल माध्यमको प्रोत्साहन तथा ग्राहकहरुको सुविधाको लागि उक्त भर्चुअल सहयाता आफ्नो वेबसाइटमार्फत सञ्चालनमा ल्याएको हो । बैंकको अनुसार ग्राहकहरुले यस भर्चुअल सहयाता सेवा मार्फत छिटो, छरितो र सहजरुपमा बैंकका प्रडक्ट र सेवाका साथै बैंकसँग सम्बन्धित जानकारी, सेवाग्राही जिज्ञासाहरुको बारेमा जानकारी प्राप्त गर्न सक्ने भएका छन् ।
यो सेवा इन्टरनेटको पहुँचमा रहेका व्यक्तिले २४ सै धण्टा लिन सक्ने भएका छन् । आर्टिफिसियल इन्टेलिजेन्स आधारित यो च्याटवट सेवा डिजिटल बैंकिङका अत्याधुनिक पद्दतीबाट सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । यस सेवाको लागि बैंकको वेबसाइटमा गएर दायाँतर्फ आस्क मुक्ति भाइ वा बैंकको मासकट ‘मुक्ति भाई ’ किल्क गरेर त्यहाँ छनोट या टाइप गरेर सेवा प्राप्त गर्न सकिने भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै