PRABHU BANK

एक्सेल डेभलपमेण्ट बैंकको स्वामित्वमा रहेको ग्रामीण विकास लघुवित्तको लिलामी सेयरमा आवेदन दिने बिहिबार अन्तिम दिन

Excel Development Bank
  • बैंकिङ संसार
काठमाडौं । एक्सेल डेभलपमेण्ट बैंकले लिलामी सेयरमा आवेदन दिने बिहिबार अन्तिम दिन रहेको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको लिलामी सेयरमा आवेदन दिने बिहिबार अन्तिम दिन रहेको हो । बैंकले लघुवित्तको २५ हजार २ सय कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको थियो ।
लघुवित्तको सेयर मुल्य प्रतिकित्ता ४ सय तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन दिनुपर्ने भएको छ । सेयर खरीदको लागि बोलकबोल गर्दा न्यूनतम १ हजार कित्ता र सो वा सोभन्दा माथि १० अंकले भाग जाने गरी सम्पूर्ण कित्ता सेयरका लागि आवेदन दिन सकिने भएको छ । उक्त सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै