PRABHU BANK

गरिमा विकास बैंकमा थ्रीडी सेक्योर ई-कमर्श सेवाको सुरुवात

काठमाडौँ । गरिमा विकास बैंकले थ्रीडी सेक्योर ई-कमर्श सेवाको सुरुवात गरेको छ । डिजिटल बैंकिङ सेवालाई थप गुणस्तरीय एवं ग्राहकमैत्री बनाउने उद्देश्यका साथ बैंकले नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) को सहकार्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत सिधै रकम भुक्तानी गरी विभिन्न अनलाईन प्लेटफर्महरु मार्फत वस्तु तथा सेवा खरिद गर्न सकिने थ्रीडी सेक्योर ई-कमर्श सेवाको सुरुवात गरेको हो ।

उक्त सेवा सुचारु गर्न चाहने विकास बैंकका डेबिट तथा क्रेडिट कार्डहोल्डर ग्राहकहरुले बैंकमा सम्पर्क गरी आफ्नो कार्डमा ई-कमर्श सुविधा सुचारु गर्न सक्नेछन् ।

उक्त सेवा सुचारु गर्न चाहने विकास बैंकका डेबिट तथा क्रेडिट कार्डहोल्डर ग्राहकहरुले बैंकमा सम्पर्क गरी आफ्नो कार्डमा ई-कमर्श सुविधा सुचारु गर्न सक्नेछन् । जसबाट सुरक्षित, गुणस्तरीय एवं ग्राहकमैत्री अनलाईन भुक्तानीको अनुभव गर्न सकिने बैंकले जनाएको छ ।

अनलाईन मार्फत वस्तु तथा सेवा खरिद गर्ने ग्राहकहरुको बैंकमा रजिष्टर गरिएको मोबाईल नम्बरमा ओटिपी जाने व्यवस्था मिलाईएको हुँदा कारोबार थप सुरक्षित एवं गुणस्तरीय हुने बैंकको विश्वास छ ।

हाल, गरिमा विकास बैंकले देशभर १२३ शाखा कार्यालय, १ एक्स्टेन्सन काउन्टर र ५१ एटिएम साथै नविनतम डिजिटल बैकिङ मार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै