PRABHU BANK

बैंकिङ कसूर मुद्दाका फरार दुई प्रतिवादी महेन्द्र नारायण श्रेष्ठ र लाक्पा लामा पक्राउ

Crime
  • बैंकिङ संसार
काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार दुई प्रतिवादी महेन्द्र नारायण श्रेष्ठ र लाक्पा लामा पक्राउ परेका छन् । महेन्द्र नारायण श्रेष्ठ ललितपुर र लाक्पा लामा बुढानिलकण्ठबाट लुकिछिपी रहेको अवस्थामा पक्राउ परेका हुन् ।उच्च अदालत पाटनको २०७७ माघ १० गतेको फैसलाले उक्त मुद्दामा ४ दिन कैद र २० लाख रूपैयाँ जरिवाना ठहर भएकोमा उक्त सजाय बेरुजू रही श्रेष्ठ फरार हुँदै आएका थिए ।
यस्तै लामालाई पनि उच्च अदालत पाटनले ४ दिन जेल सजाय र १० लाख ४५ हजार जरिवाना ठहर भएकोमा उक्त सजाय बेरुजू रही उनी पनि फरार हुँदै आएका थिए । उनीहरु दुवैले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको थाहाँ हुँदा-हुँर्दै झुक्याउर चेक काटी पीडितलाई दिएकोमा बैंकिङ कसूरजन्य अपराध गरेको ठहर भएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै