PRABHU BANK

विश्व बैंकको नेपाललाई कोरोनाको खोप किन्न ८ अर्ब ७० करोड रुपैयाँ सहयोग

World Bank
  • बैंकिङ संसार
काठमाडौं । विश्व बैंकले नेपाललाई कोरोना विरुद्धको खोप खरिद गर्न आर्थिक सहयोग गर्ने भएको छ । बिहीबार बसेको बैंकको कार्यकारी निर्देशक बोर्डले ८ अर्ब ७० करोड बराबरको वित्तिय सहयोग अनुमोदन गरेको हो । बैंकले नेपालको स्वास्थ्य र खोप प्रणालीलाई सुदृढ गर्दै सुरक्षित र प्रभावकारी कोभिड विरुद्धका खोपहरुको समतामुलक वितरणमा सहयोग पुर्याउन अन्तर्राष्ट्रिय विकास संघ (आईडा) मार्फत उक्त सहयोग अनुमोदन गरेको हो । वित्तिय सहयोगद्वारा समतामुलक वितरण योजना को माध्यमबाट कम्तिमा १ तिहाई जनसंख्यासम्म खोप को सुविधा विस्तार गर्न सकिने विश्व बैंकको अपेक्षा रहेको छ ।
मल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले नेपालका कम्तिमा ७२ प्रतिशत जनतालाई खोप दिने सरकारको महत्वाकांक्षी योजनालाई सघाउन बैंकले सहयोग गरेको बताए । गत वर्षको चैतमा विश्व बैंकले २.९ करोड अमेरिकी डलर (३ अर्ब ३० करोड नेपाली रूपैंया) बराबरको कोभिड-१९ आपतकालीन प्रतिकार्य र स्वास्थ्य प्रणाली तयारी मुल आयोजना तथा सरकारको समग्र कोभिड-१९ प्रतिकार्यमा विकासका अन्य साझेदारहरूको सुनिश्चित सहयोगको सन्दर्भमा टेकेर अतिरिक्त वित्त सहयोग गर्ने निर्णय भएको जनाएको छ ।
उक्त वित्त सहयोगको ९० प्रतिशत कोभिड-१९ का खोपहरूको खरिद र कोभ्याक्स सुविधामार्फत प्राथमिकतामा परेका २० प्रतिशत जनसंख्या बाहेकका अन्य समुहमा खोप विस्तार गर्नमा परिचालित हुने भएको छ । यस्तै बाँकी रकमले कोभिड-१९ खोपका पहलहरूलाई सघाउन र कोभिड-१९सँग सम्बन्धित आपूर्तिहरू (निदान परीक्षणहरू, प्रयोगशाला उपकरणहरू र चिकित्सकीय सामग्रीहरू) खरिद गर्न मद्दत पुग्ने बैंकले जनाएको छ । नेपालको लागि यो अतिरिक्त वित्तपोषण दक्षिण एसियाली राष्ट्रहरूमा कोभिड-१९ खोप सहयोगका लागि पहिलो चरणमा स्विकृत भएका तीन परियोजना मध्ये एक हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै