prabhu

बैंकिङ कसूर मुद्दामा २ करोड ५० लाख जरीबाना भई फरार रहेका व्यक्ति पक्राउ

काठमाडौँ । बैंकिङ कसूर मुद्दामा २ करोड ५० लाख जरीबाना भई फरार रहेका व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला धनुषा जनकपुर उपमहानगरपालिका वडा नं ९ घर भएका ३७ वर्षीय दिब्य श्रेष्ठ रहेका छन् ।

राम बहादुर थिङको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी दिव्य श्रेष्ठ भएको बैकिङ कसुर मुद्दामा प्रतिवादी दिव्य श्रेष्ठलाई दुई महिना कैद, बिगो दुई करोड पचास लाख रुपैयाँ जाहेरवालालाई भराई बिगो बमोजिम दुई करोड पचास लाख जरीबाना र क्षतिपूर्ति बापत पीडित राहतकोषमा १० लाख २ करोड ५० लाख जम्मा गराउने ठहर भएको थियो ।

दिब्य २०८० असार ०३ गते सम्मानित उच्च अदालत पाटन, ललितपुरबाट फैसला भएपश्चात् फरार रहेका थिए ।काठमाडौँ उपत्यता अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरीको टोलीले श्रेष्ठलाई कात्तिक २६ गते ललितपुर महानगरपालिका वडा नं ४ जावलाखेलबाट पक्राउ गरेको हो ।

पक्राउ परेका व्यक्तिको फैसला कार्यान्वयनको लागि सम्मानित ललितपुर जिल्ला अदालत लगनखेल, ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै