PRABHU BANK

बैंकहरुमा ‘केवाईसी’ भर्न नपर्ने नियम लागू हुँदै

काठमाडौँ । बैंकहरुमा ‘केवाईसी’ भर्न नपर्ने नियम लागू हुने भएको छ । बैंक तथा वित्तीय संस्थाहरूमा खाता खोल्दा ग्राहक सम्बन्धी विस्तृत विवरण (केवाईसी) छुट्टै भर्न नपर्ने नियम सरकारले लागू गर्ने भएको हो ।

यो नियम लागू भएसँगै बैंकहरुमा खाता खोल्ने व्यक्तिले हरेक खाता पिच्छे केवाईसी फर्म भर्नुपर्ने वाध्यता हट्ने भएको छ  ।

सरकारले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण नियमावली, २०८१’ मा यस्तो व्यवस्था गर्न लागेको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै