PRABHU BANK

सांग्रिला डेभलपमेन्ट बैंकसहित अन्य २ कम्पनीको सेयरमा मूल्य समायोजन

Shangri-la Development Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्जमा सांग्रिला डेभलपमेन्ट बैंकसहित अन्य २ कम्पनीको सेयरमा मुल्य समायोजन भएको छ । चैत १० गते मंगलबार एकैदिन सांग्रिला डेभलपमेन्ट बैंक, डिप्रोक्स लघुवित्त वित्तीय संस्था र महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयरमा मुल्य समायोजन भएको हो । जसमध्ये सांग्रिला डेभलपमेन्ट बैंकको ५ प्रतिशत बोनस सेयरपछि मुल्य समायोजन भएको छ । प्रतिकित्ता २१२ रुपैयाँ सेयर मुल्य रहेको कम्पनीको सेयर मुल्य समायोजन पछि प्रतिकित्ता २०२ रुपैयाँ कायम भएको छ ।
त्यसैगरी डिप्रोक्स लघुवित्तको १५ प्रतिशत बोनस पछिको सेयर मुल्य समायोजन भएको छ । समायोजन पश्चात कम्पनीको सेयर मुल्य प्रतिकित्ता १७५० रुपैयाँ कायम भएको छ । जबकी सोमबारको बजारमा कम्पनीको अन्तिम कारोबार प्रतिकित्ता १९७८ रुपैयाँमा भएको थियो । त्यस्तै महुली लघुवित्तको २० प्रतिशत बोनस पछि मुल्य समायोजन भएको हो । सोमबार प्रतिकित्ता २६२५ रुपैयाँमा कारोबार भएको संस्थाको सेयर मुल्य समायोजन पछि प्रतिकित्ता २१८८ रुपैयाँ कायम भएको छ । यससँगै अबको कारोबारमा यी तीनवटै कम्पनीको कारोबार समायोजनपछि तोकिएको मुल्यबाट सुरु हुने छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै