PRABHU BANK

नेपाल बङ्गलादेश बैंक र नेपाल सुनचाँदी ब्यवसायी महासंघबीच सम्झौता, सुनचाँदी व्यवसायीहरुले सहुलियतपूर्ण कर्जा पाउने

Nepal Bangladesh Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल बङ्गलादेश बैंक र नेपाल सुनचाँदी ब्यवसायी महासंघबीच सम्झौता भएको छ । बैंक लिमिटेड र सुनचाँदी ब्यवसायीहरुको छाता संगठन नेपाल सुनचाँदी ब्यवसायी महासंघबिच बैंकिङ साझेदारी सम्झौता भएको हो । नेपाल बङ्गलादेश बैंकका तर्फबाट सहायक महाप्रबन्धक सलोनिका सिंह तथा नेपाल सुनचाँदी ब्यवसायी महासंघको तर्फबाट अध्यक्ष माणिक रत्न शाक्यले उक्त सम्झौता पत्रमामा हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौता अनुसार महासंघसँग आवद्व सुन ब्यबसायीहरुले नेपाल बङ्गलादेश बैंक लिमिटेडका नेपालभरिका शाखाहरुबाट विभिन्न बैंकिङ सुविधाहरु प्राप्त गर्न सक्ने भएका छन् । साथै नेपाल राष्ट्र बैंकको नगदरहित कारोवारलाई प्रवद्र्धन गर्ने नीतिलाई सफल बनाउने उद्देश्यले सुनचाँदी पसलहरुमा खरीदकर्ताहरुले नेपाल बङ्गलादेश बैंकको क्यूआर कोड मार्फत भुक्तानी गर्न सक्ने भएका छन् ।
साथै नेपाल भरका महासंघसाग आवद्व महिला तथा दलित समुदायद्वारा संचालित सुनचाँदी ब्यवसायीहरुले नेपाल बङ्गलादेश बैंक लिमिटेडबाट सहुलियतपूर्ण ‘महिला उद्यमशील कर्जा’ तथा ‘दलित समुदाय ब्यवसाय बिकास कर्जा’ पनि प्राप्त गर्न सक्नेछन् । बैंकले हालसम्म ९९ वटा शाखा कार्यलय, ८१ वटा एटीएम र ७ एक्सटेन्सन काउन्टरमार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै