PRABHU BANK

प्रभु बैंकका ग्राहकहरूलाई कलेज अफ मेडिकल साइन्समा छुट

काठमाडौँ । प्रभु बैंकका ग्राहकहरूलाई कलेज अफ मेडिकल साइन्समा छुट हुने भएको छ । बैंकका ग्राहकहरूलाई भरतपुर महानगरपालिका वडा नं १० मा रहेको उक्त मेडिकलको सेवा सुविधामा २० प्रतिशतसम्म छुट हुने भएको हो ।

बैंक र उक्त कम्पनीबीच भएको सम्झौता अनुसार ग्राहक तथा कर्मचारीहरूले सेवा तथा सुविधा लिएबापत विशेष छुट पाउने भएका छन् । सिओएमएसमा उपचार गर्दा औषधि, सिटी स्क्यान र एमआरआई  बाहेक सम्पूर्ण सेवाका साथै एक्सरे र यूएसजिमा समेत २० प्रतिशतसम्मको छुट पाउने छन् ।  प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा बैंकका अन्य कुनै विद्युतीय प्रणालीद्धारा बिल भुक्तानी गर्नुपर्नेछ ।

तर, यो सुविधा प्राप्त गर्नको लागि प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूलाई परिचयपत्र तथा परिवारको सदस्यको लागि नाता खूल्ने कागजात अनिवार्य पेश गर्नुपर्नेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै